त्यसअवसरमा महानिरीक्षक केसीले पदोन्नती भएका सशस्त्र प्रहरी नायब उपरीक्षकहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिंदै संगठनमा रहेर उनिहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताए ।
नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बिहिबारको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूह, साधारण समूह लेखा उप–समूह, साधारण समूह कानून उप–समूह र प्राविधिक समूह स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।