Media Network

सशस्त्र प्रहरीका ३७ इन्सपेक्टर डिएसपीमा बढुवा


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौं । सशस्त्र प्रहरीका ३७ इन्सपेक्टर डिएसपी बढुवामा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्रशासनतर्फका ३१ र अस्पतालतर्फका ६ जनाको बढुवा सिफारिस गरेको हो ।

बढुवा भएका प्रशासनतर्फका ३१ जना सिसं नम्बर ६ को टोली हो । सो ब्याचका सबै जना डिएसपीमा बढुवा भएका छन् । डिएसपीका थप दरबन्दी रिक्त भएपनि त्यसमा बढुवा गर्ने–नगर्ने अन्योलता छ ।

सोमबार ५८ जना इन्सपेक्टर डिएसपी बढुवामा सिफारिस भएका थिए ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद