सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक कार्यक्रममा अर्यालले उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना डीएसपीहरु एसपीमा बढुवा भएका हुन् ।
समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले बढुवा भएका एसपीहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।
समारोहमा सशस्त्र एआईजीद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति थियो ।