Media Network

सशस्त्र प्रहरीमा डीआईजी बढुवाको लागि सूचना जारी (सूचनासहित)


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७८,शनिबार

काठमाडौ । सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि बढुवा समितिले सूचना जारी गरेको छ । समितिले शुक्रबार सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।  सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (घ) बमोजिम पदपूर्ति गर्न लागिएको हो । 

यसका लागि प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी बुझाउन पनि निर्देशन दिइएको छ । 

यस्तै, सशस्त्रको प्राविधिक समूह, स्वास्थ्यतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पनि बढुवाका लागि सम्भाव्य उम्मेदवार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई ३ दिनभित्र कागजपत्र पेस गर्न शुक्रबार सूचना जारी गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद