Media Network

सशस्त्र प्रहरीद्वारा सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको उद्धार


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

सप्तरी।  सप्तकोशी नदीमा हाम फालेका एक पुरुषलाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । 

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । 

लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् ।

उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद