Media Network

सशस्त्रका आईजीपी खनालको बिदाइ


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौ । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेको छ । 

महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले सम्मान गरेका हुन् । महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प्राप्त भए पनि देश र जनताप्रति सदा उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले संगठनमा रहँदा आफूले देश र जनताको सेवामा समर्पित भएर लागेको र त्यो अनुभवलाई आउने दिनमा पनि प्रयोगमा ल्याउने कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 


 



 



 





Share:
Reaction :
ताजा समाचार
खेलकुद