गृह मन्त्रालयको बढुवा समितिको सचिवलायले सशस्त्रमा रहेको रिक्त एक एआईजी पदमा गौतमको बढुवा सिफारिस भएको हो ।
डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले नियमावलीको नियम ५५ मा ब्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने पनि गृहको बढुवा समितिको सचिवालयले सूचनामा उल्लेख गरेको छ ।