सशस्त्रका ६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा


खबरस्टोरी संवाददाता
१७ असार २०७९, शुक्रबार
सशस्त्रका ६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा
काठमाडौं । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफरिस गरिएको छ । 

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले सूचना जारी गरी बढुवा सिफारिस गरिएका उनीहरुको विरुद्धमा कुनै उजुरी भए उजुरी दिन पनि आह्वान गरेको छ । 

डीएसपीमा बढुवा सिफारिस गरिएकामा अजित मास्के, सीताराम खड्का, मीलन शर्मा ढकाल, अमरराज वैद्य, रविन महर्जन र सूर्य नारायण मण्डल रहेका छन् । 

सूचनाः