सरकारको २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावली दोस्रो संशोधन स्वीकृत गरेको छ । स्वीकृत नियमावली अनुसार सशस्त्र प्रहरीमा बढुवा प्रावधानका लागि सशस्त्र प्रहरी उपरीक्षक पदबाट वरिष्ठ उपरीक्षक हुनका लागि चारवर्ष कार्यरत रहेको हुनुपर्ने व्यवस्था परिवर्तन भएको छ । अब सशस्त्र प्रहरी उपरीक्षक पदमा तीन वर्ष कार्यरत रहेका अधिकृतहरु वरिष्ठ उपरीक्षक पदका लागि योग्य मानिनेछन् ।
यो संशोधनसँगै बालुवाटार निकट केही अधिकृतहरु बढुवाका लागि योग्य भएका छन् ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संगठन संचालनका लागि नियमावलीका कारण परेका विविध अप्ठयारा र संगठनका जवानदेखि अधिकृतसम्मले राखेका माग संम्बोधनका लागि नियमावली संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाएका थिए ।
गृह मन्त्रालय समेतले यो प्रस्ताव मस्यौदा अध्ययनपछि सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । त्यसपछि यी दुबै संगठनले चाहे अनुसार नियमावली संशोधन प्रस्ताव अघि बढन सकेका छैनन् ।
गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ का १० र सशस्त्र प्रहरी नियमावली २०७२ का १५ प्रावधान संशोधन गर्न तयार गरेको मस्यौदा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो ।