Media Network

सशस्त्रले नियन्त्रणमा लिएको दुई ट्रक मल स्थानीयको कब्जामा


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । धादिङमा किसानले सशस्त्र प्रहरीले ल्याउँदै गरेका दुई ट्रक मल कब्जामा लिएका छन् । सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल शनिबार दिउँसो धादिङका स्थानीय किसानले कब्जा गरेका हुन् । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले भनले स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको बताएका छन् । 

धुनिबेशी नगरपालिका–६ धार्केस्थित पूर्व–पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेर मल कब्जा गरेका हुन् । 

व्यापारीहरूले तराईबाट लिएर आएको मल राजश्वको टोलीले अनुसन्धान गर्नेक्रममा अवैध ठहरेपछि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौंतर्फ ल्याउँदै थियो । 

टोलीले नियन्त्रणमा लिएर काठमाडौंतर्फ लग्दै गरेको धार्केका स्थानीयले सूचना पाएपछि स्थानीय सबै मिलेर सशस्त्र प्रहरीकै नियन्त्रणमा रहेको गाडीबाट मल कब्जा गरेका हुन् । अहिले किसानलाई मलको हाहाकार छ । यो मल हाम्रै खेतमा लगेर हाल्न पाइन्छ भन्ने उद्देश्यले जनताले नै नियन्त्रणमा लिएका हुन् । 

स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए । स्थानीयले कब्जा गरेपछि सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले प्रतिवाद गर्न नसकी निरिह बनेका थिए । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद