Media Network

सशस्त्रमा एआईजी बढुवाको लागि सूचना जारी


खबरस्टोरी संवाददाता

७ जेष्ठ २०७९,शनिबार

काठमाडौ । सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा प्रक्रिया सुरु भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेको एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् ।

महानिरीक्षक अर्यालले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि तीन दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद