Media Network

सीता बनिन् नेपालकै पहिलो दलित महिला सिडियो


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । कास्कीको रुपा गाउँपालिका–१ स्थायी निवासी सीता परियार दलित समुदायबाट नेपालकै पहिलो महिला सिडियो बनेकी छन् । 

उनलाई गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ)मा बनाएर खटाएको हो ।  

यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी उनलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएको हो ।

दलित समुदायका पुरुषहरू भने यसअघि पनि सीडीओ बनिसकेका छन् । परियारले शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद