Media Network

सितापाइलामा पाँचौं तलाबाट खसेर पुरूषको मृत्यु


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौँ। काठमाडौंको सितापाइलामा आफ्नै घरबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ। 

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए। घाइते भएका श्रेष्ठलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो। 

त्यहाँ चिकित्सकले पौने १ बजे नै उनलाई मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद