बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भएपछि आइतबार खोजी कार्य रोकिएको थियो । सोमबार बिहानैदेखि खोजि कार्य शुरु भएको हाे ।
नेपाली सेनाले खोजी कार्यको लागि हेलिकोप्टर मार्फत् र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको जनाएको छ । मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र एति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो ।
जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहिन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था हालसम्म पनि अज्ञात रहेको छ ।