काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ। गत शुक्रबार दिक्तेल बजारस्थित घर नजिकै मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए।
घाइते भएका श्रेष्ठलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। आज बिहान काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।हो ।