दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीका चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रूकुम (पूर्व), सिस्ने गाउँपालिका–४ कोलबोटको उकालोमा रा.१ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–४ बस्ने ५० वर्षीया नन्दी बुढा पुन र १५ वर्षीय आकाश बुढाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डडेल्धुरा, अमरगढी नगरपालिका–६ भजनीपाटामा से.७ प ३६२६ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २० वर्षीय साजन ताम्राकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कास्की, पोखरा महानगरपालिका–२६ स्थित सडकमा ग.८ प ८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा घर भएका ३६ वर्षीय नवराज राईगाईको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सैनिक अस्पताल फुलबारीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका–११ रानीपाकडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट चितवन भरतपुर महानगरपालिका जागृतिटोल घर भई बुटवल–नारायणघाट सडक निर्माण कम्पनीको ल्याब टेक्निसियनमा कार्यरत ३५ वर्षीय देबेन्द्रबाबु सेढाईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङ, थाक्रे गाउँपालिका–१ ढाडेस्थित सडकमा ना.६ ख १५७२ नम्बरको ट्रकले बा.प्र.०३–००१ ह १८१७ नम्बरको अटोलाई शनिबार बिहान ठक्कर दिँदा अटो चालक नुवाकोट बेलकोटगडी नगरपालिका बस्ने ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।