मुक्तिनाथ पुगेका पाण्डेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार दिउँसो राजधानीको स्यम्भुबाट प्रकाउ गरेको हो ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। घटनाबारे शुक्रबार प्रतिनिधि सभाको बैठकमा पनि कुरा उठेको थियो । लगत्तै सभामुखले सरकारलाई यस विषयमा छानबिनको लागि निर्देशन दिएका थिए ।
निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानबिन समिति बनाइएको छ । समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् ।
आठ वर्षअघि पुरानो उक्त घटनाका मुख्य आरोपि भनिएका पाण्डेमाथि बलात्कार तथा मानव बेचखिनको मुद्दा लगाउने प्रहरीको तयारी छ ।घटनामा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि जोडिएपछि उनलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।युवतीले बलात्कृत भएको घटनाबारे सुब्बालाई जानकारी गराए पनि सहयोग नगरेको बताएकी थिइन् ।
युवतीले आफूलाई अन्य चारजना केटा साथीले पनि धोका दिएको सार्वजनिक गरेकी छन् । प्रहरीले ती युवाहरुको पनि खोजी गरिरहेको छ ।बलात्कारको जाहेरी लिन एक वर्षीय हदम्याद बाधक देखेपछि प्रहरी बिहीबार प्रक्रियाबारे नै अन्यौलमा देखिएको थियो ।