Media Network

३१ सय ५८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । नेपाल प्रहरीमा ३१ सय ५८ जना प्रहरी जवान सहायक हवल्दार पदमा  बढुवा हुने भएको छ।  प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) उनीहरुलाई  बढुवाका लागि सिफारिस गरेको हो ।

पछिल्ला केही दिनयता प्रहरी प्रधान कार्यालयले निरन्तर बढुवा सूची प्रकाशित गर्दै आएको छ । बढुवामा जेष्ठतालाई आधार मानिएको छ । हाल प्रहरीमा १४ हजार ५६७ जना सहायक हवल्दारको दरबन्दी कायम छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद