कैलाली। कैलालीमा आफ्नै श्रीमानको एक महिलाले हत्या गरी प्रहरी कार्यलय पुगेकी छन् । मोहन्याल गाउँपालिका—१ राक्सा बस्ने थुमा थापामगरले आइतबार राति श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् ।
प्रहरीका अनुसार थुमाले हसियाँको प्रयोग गरी श्रीमानको हत्या गरेकी थिइन । प्रहरी कार्यलय पण्डौनमा उनले आज बिहान आत्मसमर्पण गरेकी हुन् । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।