बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि शुक्रबार पक्राउ परेका कोइराला कारागार चलान भएका हुन् । अदालतले आदेश उल्टाएसंगै उनलाई शक्रबार प्रहरीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको र आज कारागार चलान गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएएको थियो ।
कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको कैद सजाएलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ ।
कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्याएर जलाएका थिए ।