Media Network

श्रीमती लिन गएका ५६ वर्षीय एक पुरूषको कुटपिट गरि हत्या


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौँ। नुवाकोटमा एक जना पुरूषको रहस्यमय हत्या भएको छ। 

जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए ।

ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ गत बिहीबार बिहान करिब ६ बजेको समयमा आफ्नो ससुरालीमा मृत फेला परेका हुन्।

प्रहरीले उनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले मृतककी ३५ वर्षीया श्रीमती ज्ञानमाया, ६७ वर्षीय ससुरा चन्द्रबहादुर भन्ने ज्ञानबहादुर, ३४ वर्षीय दुखिराम र १४ वर्षीय बालकलाई पक्राउ गरेको छ। 

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार ससुरालीमा ८-१० वर्षदेखि माइतीमै बस्दै आएकी श्रीमती लिन आएका एकबहादुरमाथि कुटपिट गरी हत्या गरिएको हो।

त्यसक्रममा उनीहरूले एकबहादुरको हात-खुट्टा बाँधेर दाउराको चिर्पटले कुटपिट गरी हत्या गरेको खुलेको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

Share:
Reaction :
ताजा समाचार
खेलकुद