टेकुको पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते


खबरस्टोरी संवाददाता
२३ जेष्ठ २०७९, सोमबार
टेकुको पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते
काठमाडौं– काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह घाइते भएका छन् ।

साँझ ५ बजेको समयमा इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास विस्फोट हुँदा उक्त घटना भएको हो।घाईतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।