Media Network

टेक्सासको त्यो नरसंहारकारी घटना, अभिभावक भन्छन् –‘‘अब बच्चालाई कहिल्यै स्कुल पठाउने छैनौं’’


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो एकाक्सी नरसंहारकारी घटना घट्यो ।

टेक्सासको युभाल्डेस्थित रोब इलिमेन्टरी स्कूलमा १८ वर्षीय युवकले अन्धाधुन्द गोली चलाउदाँ १९ जना बालबालिका र दुई जना शिक्षक गरी २१ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।आक्रमणमा विद्यालयका कर्मचारी र प्रहरीसहित १३ बालबालिका घाइते भएका छन् । घटनामा जवाफी कारवाहीमा प्रहरीले आक्रमणकारीलाई मारेको दाबी गरेको छ ।

यतिबेला अमेरिकामा त्रासको वातावरण सिर्जना गरेको छ । त्रासकै कारण अभिभावकहरु आफ्ना छोराछोरीलाई अबबाट विद्यालय नपठाउने निर्णय गर्न बाध्य बनेका छन् ।आक्रमणपछि अभिभावकहरुको घटनास्थलमा विक्षिप्त अवस्था देखिएको छ । घटनामा घाईतेहरुको स्वास्थ्यको प्रार्थना गर्दै एकअर्कालाई अँगालो हालेर रोएको दृष्यहरु यतिबेला सामाजिक सञ्जालहरुमा व्यापक बनेका छन् ।


जमिनमा रगतले लत्पतिएका लाशहरू थिए, जहाँतहि रोएको आवाज घाइतेको चित्कार थियो, सबैको आँखा रसाएको थियो, एउटा युद्धभुमिमा देखिने दृष्य विद्यालयको मैदानमा देख्न सकिन्थ्यो ।

नजिकिदो गर्मी बिदाका कारण केटाकेटीहरु उत्साहित थिए, परिवारसँग बिदामा विभिन्न योजनाहरु गाँसेका ती अवोध बालबालिकाहरु मृत अवस्थामा लडिरहेका थिए विधालयको माहोल शोकमय बनेको थियो ।मंगलबार विद्यालयमा पुरस्कार वितरण कार्यक्रममा सुन्दर बनेर नयाँ अनि आकर्षक जुत्तासहित उपस्थित भएका थिए ती बालबालिकाहरु  किनकि कार्यक्रमको थिम नै थियो ‘फुटलूज एण्ड फेन्सी’ ।


बिहान ११ः४३ बजे विद्यालयको फेसबुक पेजमा अचानक एउटा पोस्ट देखियो जहाँ लेखिएको थियोे, ‘कृपया ध्यान दिनुहोस्। रोब इलिमेन्टरी स्कूल क्षेत्रमा बन्दुकको आवाज सुनिएको हुनाले विद्यालय बन्द छ। बालबालिका र शिक्षकहरू भित्रै सुरक्षित छन्।’त्यसपछि स्कुलबाट अर्को सन्देश आयो, ‘रोब इलिमेन्टरी स्कूलमा एक सक्रिय बन्दुकधारी छन्। सुरक्षा बलहरू आइपुगेका छन्।’ अभिभावकले थाहा पाएपछि उक्त क्षेत्रमा भागदौड मच्चियो। विद्यालय प्रशासनले अभिभावकलाई विद्यालयबाट टाढा बस्न आग्रह गर्यो। यो स्कुल एक त्यस्तो समुदायमा छ जहाँ अधिकांश परिवारहरू ल्याटिन अमेरिकी मूलका छन्। विद्यालयमा ५७० विद्यार्थी थिए,जसमध्ये ९० प्रतिशत ल्याटिन अमेरिकी मूलका हुन् ।


पुन एकाएक खबर आयो कि एक १८ वर्षीय युवकले १९ बालबालिका र दुई शिक्षकको गोली हानेर हत्या गरेको । त्यो हृदयविदारक थियो किनकी मर्नेहरू मध्ये ७ देखि १० वर्षका निर्दोषहरू थिए जो आफ्ना आकर्षक जुत्ता देखाउन आएका थिए। 

आक्रमणकारीले विद्यालयमा प्रवेश गर्नेबित्तिकै अन्धाधुन्ध गोली चलाएको थियो ।अगाडि आउने जो कोहीलाई उनले गोली हानेका थिए। एकपछि अर्को गर्दै आक्रमणकारीले पहिलो, दोस्रो, तेस्रो र चौथो कक्षाका विद्यार्थीमाथि गोली चलाएका थिए ।


घटनाअघि उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एआर१५  राइफलको तस्बिर सेयर गरेका थिए। प्रहरीका अनुसार १८ वर्षीय आक्रमणकारीको मानसिक अवस्था ठीक थिएन । यो घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरेका छन् । सोही क्रममा घटनाप्रति दुःख व्यक्त गर्दै ह्वाइट हाउसमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । 

घटनापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए, राष्ट्रपति बाइडेन बोल्दै थिए, उनको अनुहार र अभिव्यक्तिमा आघात देखिन्थ्यो। उनले भने, ‘जब म राष्ट्रपति भएँ, मलाई आशा थियो कि मैले फेरि यस्तो सुन्नु नपरोस्। दोस्रो, तेस्रो, चौथो कक्षाका निर्दोष–मायालु बच्चाहरू, फेरि अर्को नरसंहार। उनीहरूका आमाबाबुले आफ्ना छोराछोरीलाई फेरि कहिल्यै देख्ने छैनन्। अब ति बच्चाहरु कहिल्यै उफ्रेर उनीहरुलाई अंगाल्ने छैनन्। कहिल्यै ओछ्यानमा उफ्रिने छैनन्।’अमेरिकामा यस खालका घटनाहरु पटक पटक हुने गरेका छन् । सयौं पटक निर्दोषले अकालमा ज्यान गुमाउनु परेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद