Media Network

तुलसीपुरमा सुस्त मनस्थिती युवतीमाथि सामूहिक बलात्कार


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौँ । दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न दुई जना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार दोघरेकै २० वर्षीय अर्जुन परियार र २२ वर्षीय अर्जुन परियार फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ। 

तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया ती युवतीमाथि असार २ गते राति ९ बजे बलात्कार भएको हो। पीडित युवतीको मनस्थिती सुस्त भएको प्रहरीले जनाएको छ। 

चार जनाले उनलाई दोघरेस्थित एक निर्माणाधीन घरमा लगेर बलात्कार गरेको खुलेको हो। 

परिवारले चार जना विरूद्ध इलाका प्रहरी कार्यालयमा पुगेर जाहेरी दिइसकेका छन्।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरि रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद