यसअघि गोलाप्रथाबाट पेशी तोक्दा दुई पटक न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको थियो र दुइपटक नै हेर्न नमिल्ने भन्दै सुनुवाई हुन सकेको थिएन।
लोकसेवाले यसअघि प्रहरीको वढुवाविरुद्ध गरेको पुनरावेदन खारेज गर्ने निर्णय गरेको थियो। त्यस्तै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ। जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए। चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो।