तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा टिपर खस्दा चालकको मृत्यु


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा  टिपर खस्दा चालकको मृत्यु
काठमाण्डाै।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ ।

बिहान साढे ४ बजे  ग १ क ४४६९ नम्बरको टिपर  पुलबाट खसेकाे हाे ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमैको ज्यान गएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए  ।