शुक्रबार राति ७ बजे स्थानीय शिवनारायण केसीको घरमा ग्यास सिलिण्डर पड्किएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार टिनले छाएको दुईतले घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा शिवनारायणकी छोरी सुवेक्षाको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीबाट घरमा क्षति पुगेको छ ।स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।