तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौँ। आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।