तनहुँमा मोटरसाइकल दुर्घटना, एक बृद्धाको मृत्यु


खबरस्टोरी संवाददाता
२७ चैत्र २०७८, आईतवार
तनहुँमा मोटरसाइकल दुर्घटना, एक बृद्धाको मृत्यु
काठमाडौं।  तनँहुको व्यास नगरपालिका–१ मा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । 

हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।