Media Network

‘टिओबी’का तेन्जिङ दावा लामा धरौटीमा छुटे


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८२,मंगलवार

काठमाडौँ । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा मंगलबार धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् । प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी कसुर र लागुऔषध मुद्दामा अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको थियो । तेन्जिङ तिब्बतीयन मुलका हुन् ।

२०१७ मा तेन्जिङले बौद्धमा ‘टिओबी ट्याटु हाउस’ खोलेका थिए । जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा बुलेट मोटरसाइकल हुइँक्याएर तेन्जिङको समूहले उच्छृङ्खल गतिविधि गरेको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद