त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि…


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । आन्तरिक टर्मिनलका उडानहरू रोकिए पनि  अन्तर्राष्ट्रिय उडानहरु भने जारी रहेको छ । 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार  अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका हो। हाल सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । विस्तृत विवरण भने आउन बाँकी छ ।