विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।
टोलीले उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्ने र चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको जोशीले बताए ।
थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए ।
यस आ.व. ०७८÷०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४३ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एवं कारबाहीको लागि बिभिन्न प्रहरीबृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ ।
मोटरसाईकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ ।