Media Network

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारास्थित सडकमा बुधबार दिउँसो ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ । 

यूपी ३२ डिएन ४३४४ नम्बरको ट्रकले भे.१ स ४९४१ नम्बरको अटोलाई ठक्कर दिँदा अटो चालक सोही नगरपालिका–१३ सिम्री बस्ने २९ वर्षीय राम सेवक थारुको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयको प्रेस नोटमा उल्लेख छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद