सिरहा घर भई काठमाडौँको कपन बस्ने ४० वर्षका प्रविण चौधरीले आफ्नै ३० वर्षीया श्रीमती अस्मिता चौधरीमाथि तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ ।
शुक्रबार राती सवा नौ बजेतिर चौधरीले आफ्नै एकतले टीनको छानामा श्रीमती अस्मीता चौधरीमाथि आगो लगाएको महानगरिय प्रहरी परिसर काठमाडौँले जानकारी गराएको छ ।
घाइतेको शरिरका विभिन्न भाग जलेका कारण उनी अहिले बोल्न सक्ने अवस्थामा नरेको र हाल उनको साखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान प्रविण चौधरीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।