त्रिशूली नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार


खबरस्टोरी संवाददाता
७ असार २०७९, मंगलवार
त्रिशूली नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
काठमाडौँ । त्रिशूली नदीमा मंगलबार हाम फालेर आत्महत्या गर्न प्रयास गरेकी बेलकोटगढी नगरपालिका ७ बुद्धसिङघाटस्थित एक महिलाको सकुशल उद्धार गरिएको छ । 

काठमाडौं थानकोट घर बताउने ४५ वर्षीया महिला त्रिशूलीमा फाल हानेर करिब ३ सय मिटर बगाएपछि स्थानीय र प्रहरी चौकी तारुकाले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिए ।