Media Network

दुई अर्ब १३ करोडको भ्रष्टाचार मुद्दामा राप्रपा नेता विक्रम पाण्डेले पाए सफाई


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौ । विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। 

विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ गते बाँकेस्थित सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोजनाको निर्माण जिम्मा पाण्डेको स्वामित्वको कालिका कन्स्ट्रक्सनले पाएको थियो। सिक्टामा पाण्डे प्रमुख रहेको सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले सिक्टा सिचाइँ आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माण ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो।

मुद्दामा पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने अभियोगसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो। आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार बिगो माग गरेको छ।

यसअघि थुनछेकको बहसका क्रममा विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री पाण्डेलाई ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद