Media Network

दमकमा मोटरसाइकल दुर्घटना – तीन जनाको घटनास्थलमै मृत्यु


खबरस्टोरी संवाददाता

१४ पुष २०७८,बुधबार

दमक। झापाको दमक  २ भाङबारीस्थित उतर दक्षिण भित्रि सडकखण्डमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार राती करिब साढे १० बजे उतरबाट दक्षिण तर्फ आउदै गरेको प्र१–०२–०४३प ६९२६ नम्बरको ३ जना सवार मोटरसाइकल आफै अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक खोटाङ चिसापानी ४ का २३ बर्षिय अनिल वि.क,  चितवन राप्ती ४ का १९ बर्षिय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला ३ का १९ बर्षिय अनिल लामगाधेको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी नवराज कार्कीले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद