Media Network

ठमेलमा होटेलको सातौँ तलाबाट खसेर एक पर्यटकको निधन


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

 काठमाडौं । केहि समय अघि नेपाल भ्रमण गर्न आएका  एक विदेशी नागरिक काठमाडौंको ठमेलस्थित एक होटेलमा मृत्त अवस्थामा फेला परेका छन् । आज बिहान ठमेलको मनाङ होटेलको सातौँ तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्स रहेको र शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको मामहानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनी होटेलमा एकजना साथीसँग बसेको खुलेको छ ।ठमेलकै ुन्यु एभरेष्टु होटलमा बस्दै आएका  उनीहरु अत्यधिक मदिरा सेवन गरेको अवस्थामा बाटो बिर्सिएर ुमनाङु होटलमा पुगेका थिए। 

नशा लागेको अवस्थामा छानोमा चढ्ने क्रममा चिप्लिएर तल खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटना हेर्दा भवितव्य दुर्घटना जस्तो देखिन्छ। घटनाबारे अन्य थप अनुसन्धानका भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद