Media Network

दाङमा गोली लागेर एक जनाको मृत्यु, ८ जना पक्राउ


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०७९,शनिबार

घोराही।  दाङमा गोली लागेर एकजनाको  मृत्यु भएको छ ।   बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद