दाङमा १७...">
Media Network

दाङमा १७ वर्षीया किशोरी बलात्कृत


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

दाङ । दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उत्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद