मात्र १९ दिनका लागि आईजीपी बनेका केसीका लागि सशस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि अनिवार्य अवकासको प्रावधानका कारण खनालसँगै अवकाशमा जानुपर्ने उनका लागि अवसर सावित हुन पुग्यो ।
सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आइजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ ।
आइजीका प्रतिष्पर्धीमा उनीसँगै ससस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक रामशरण पौडेल भएतापनि वरियताका आधारमा सरकारले केसीलाई पदोन्नति गर्यो,अब तीस वर्षे सेवा अवधिका कारण उनीहरु यही वैशाख १८ गते अवकाशमा जानेछन् ।
नयाँ आईजीपी को ?
अबको १८ दिनपछि एआइजी पद रिक्त हुने भएकाले हाल रहेका ससस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट ससस्त्रको १२औँ आइजीपी नियुक्त गरिने छ । हाल एआईजीको दुई सिट मध्ये एउटा खाली छ ।
गृहमन्त्रालयको बढुवा समितिले बुधबार नै सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न तीन दिनको समयसीमा दिइसकेको छ ।
वरियतामा अगाडि रहेका हालका डिआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट एक जना ससस्त्र प्रहरी अतिरीक्षक महानिरीक्षकमा बढुवा हुने र उनीहरु नै भावी आईजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अर्याल एक नम्बरमा छन् भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन ।
अहिलेका डीआईजीमध्ये दुईजनालाई एआईजीमा नियुक्त गर्ने र उनीहरूमध्येबाट एकजनालाई आइजीपीमा नियुक्त गर्नुपर्ने हुन्छ ।
नेपाल प्रहरीमा भने हाल आठजना एआईजीको दरबन्दी छ । तीन दरबन्दीबाट बढाएर आठ दरबन्दी पु¥याइएको थियो । सशस्त्र प्रहरीमा भने दुईजनाको मात्रै दरबन्दी छ ।