बुधवार बिहान घरनजिकै जलेको अवस्थामा ४५ वर्षीया अनिभा खडायतको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृत भेटिएकी महिला एकल हुन। उनका पतिको केही वर्षअगाडि मृत्यु भएको थियो। उनको घरमा १३ वर्षीया छोरी र ७ वर्षीय छोरा मात्रै छन्।
घटनाको प्रकृति हेर्दा हत्यापछि शव जलाइएको हुनसक्ने प्रहरीको आशंका छ।
घटनाको अनुसन्धानका लागि दुईजना स्थानीयलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।‘सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएका छौँ। ’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’
शरीर पूरै जलेर खरानी भएको घटनास्थल हेरे फर्किएका शैल्यशिखर नगरपालिका–१ का अध्यक्ष भरतबहादुर खडायतले बताए।
‘शरीर पुरै खरानी भएको छ, एउटा हात मात्रै देखिएको छ,’ उनले भने, ‘हत्यापछि जलाइएको जस्तो प्रकृति देखिन्छ।’