Media Network

दुर्घटनाग्रस्त तारा एयरको ‘ब्ल्याक बक्स’ भेटियो


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटिएको छ।

दुर्घटनास्थलमा उद्दारको लागि खटिएको उद्दार टोलिले मंगलबार जहाजको बल्याक बक्स फेला पारेको जानकारी गराइएको हो।  जहाज दुर्घटना हुँदा उक्त जहाजको बल्याक बक्स महत्वपूर्ण रहेको हुन्छ । यसमा पाइलटले गरेको कुराकानी रेकर्ड भएर रहने भएको कारण जहाज दुर्घटना हुनुको कारण पत्ता लगाउन सहज हुन्छ । ब्लाकबक्स आगलागी हुँदासमेत नजल्ने प्राविधिकहरुले जनाएको छ।

यो जहाज दुर्घटनामा परि चालक दलका तिन सदस्य सहित २२ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको शव संकलन गरिएको तारा यएरले जानकारी गराएको छ । जसमध्ये १० जनाको शव जेष्ठ १६ गते (हिजो) साँझ काठमाण्डौँ ल्याइएको र बाँकी १२ जनाको शव आज विहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइसकेको र उक्त शवहरु नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइने क्रममा रहेको जानकारी गराइएको छ । 

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरी सकेको छ। 

आयोगका सदस्यहरूमा क्याप्टेन दीपु ज्वारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद