नेपाली सेनाको हेलिकप्टरबाट सोमवार दश जनाको शव काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएका शवहरु पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ । शवहरु त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिएको तारा एयरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको छ ।
मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको थियो ।
जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए । २१ जनाको शव संकलन गरिए पनि एक जनाको शव अझै नभेटिएको प्रहरी मुख्यायलयले जनाएको छ ।