दश वटा जीवित कछुवाको बच्चासहित कोटेश्वरबाट दुई जना पक्राउ


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
दश वटा जीवित कछुवाको बच्चासहित कोटेश्वरबाट दुई जना पक्राउ
काठमाडौं।  काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो ।  पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–१ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला रहेका छन् । 

कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा शंकाष्पद रुपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त कछुवाको बच्चाहरू सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूले प्रयोग गरेको बा.९९ प ४९४४ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।