Media Network

धारिलो हतियार देखाउदै घरमा लुटपाट


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित रुपेन्द्र थापाको घरमा धारिलो हतियार देखाउँदै लुटपाट गरिएको छ ।

घरका परिवारलाई अपरिचित ६ व्यक्तिहरूले धारिलो हतियार देखाई धनमाल लुटपाट गरी फरार भएका हुन् ।

लुटेराहरूले सुनका विभिन्न गहना, नगद ८० हजार रुपैयाँ, एकथान आइफोन र एकथान आइप्याड गरी करिब चार लाख ६० हजार रुपैयाँबराबरको धनमाल लुटेर लगेका जनाइएको छ ।

प्रहरी टोलीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद