Media Network

धातुको मूर्तिसहित एक जना पक्राउ


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

 काठमाडौं।  काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट एक थान पँहेलो रंगको धातुको मुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई मंगलबारराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद