जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह पाएका बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागको विभागीय प्रमुखमा नियुक्त भएका छन्।
कार्यक्रममा सहायक रथीमा पदोन्नति भएका दुई महासेनानीहरुलाई प्रधानसेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।