आइतबार उदयपुरगढी गाउँपालिका–१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागीमा परि गौरबहादुरकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट ८ घर जलेर नष्ट भएको छ । प्रहरीकाअनुसार आगोमा जलेर पशुचौपाया पनि मरेका छन् । बाख्रा पाठा ५१ वटा तथा चार वटा सुँगुर पनि जलेर मरेको प्रहरीले जनाएको छ ।
अपरान्ह ४ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयबासीको सहयोगमा राति साढे ८ बजे मात्रै नियन्त्रणमा आएको थियो ।