पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् । दुवै जनाले हातहतियार बोकी गाउँघरमा हिडिरहेका भन्ने खबर प्राप्त हुनासाथ अस्थयी प्रहरी पोष्ट रतनपुर र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त हातहतियार फेला परेको हो ।